Chauthoanga - Nepali News Media
मोटरसाईकल दुर्घटनाका मृतक परिवार र घाईतेका लागि ३१ हजार भन्दा धेरै सहयोग संकलन

कमिरेचौरः दाङको बंगलाचुली गाउँपालिकामा जेठ २० गते मोटरसाइकल  दुर्घटनामा ज्यान गुमाएका परिवार र घाईतेकाका लागि आर्थिक सहयोग सङ्कलन काम भइरहेको छ । दुर्घटनामा परि ज्यान गुमाएका बंगलाचुली गाउँपालिका वडा नम्वर ४ पन्थटोल निवासी  खेतुलाल नेपालीको परिवारलाई आर्थिक सहायताका लागि र बंगलाचुली गाउँपालिका वडा नम्वर ३ दाङवाङ निवासी दुर्घटनाका घाइते चेत प्रसाद डाँगीको उपचारका लागि सहयोग अभियान चलिरहेको हो ।  

यसैविच अभियानमा ३१ हजार १ सय ११ रुपैया संकलन भएको छ । जसअन्तर्गत वडा नम्बर ४ का अध्यक्ष डांस बहादुर डाङ्गी (वडा अध्यक्ष ४) मृतक परिवारको लागि रु ५ हजार  नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार, कमिरेचौर बचत तथा  ऋणसहकारी सस्थाका अध्यक्ष दुर्पता पौडेलले  रु १ हजार, शिक्षक तुल्सी राम रावतले रु ११ सय ११ नेपाली काङ्ग्रे वडा नम्बर ४ का सहसचिव देबेन्द्र गिरीले रु ५ सय, नेपाली काङ्ग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलीले रु २ हजार समाजसेवि धनेस्वर भन्डारीले रु १ हजार, समाजसेवी युबराज सुवेदीले रु ५ सय, मीनराज सुबेदीले रु ५सय, नब सिर्जनसिल कन्टक्सन प्रा.ली.काठमाण्डौले रु २५ सय रुपैया सहयोग गर्नुभएको सहयोग अभियाका संयोजक विक्रम डाँगीले जानकारी दिनुभयो ।

यस्तै घाईतेको उपचारको लागि वडा नम्बर ४ का अध्यक्ष डांस बहादुर डाङ्गीले रु १० हजार, वडा सदस्य दिपक परिवारले रु १ हजार नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति सिबराज परिवारले रु १ हजार ,दुर्पता पौडेलले रु १ हजार,  युबराज सुवेदीले रु ५ सय, पुर्ण बहादुर थापाले  रु १ हजार, मिनराज सुवेदिले ५ सय र नब सिर्जनसिल कन्टक्सन प्रा.लीले रु १ हजार रुपैया सहयोग गर्नुभएको छ ।


सहयोग अभियाका संयोजक विक्रम डाँगीले आर्थिक सहयोग संकलन अभियानमा पार्टिका तर्फबाट नेपाली कांग्रेसका नेता कार्यकता, क्षेत्रीय कार्यसमिति , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश, पालिका तथा वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि, जनप्रतिनिधि, क्रियाशिल सदस्य,भातृ तथा सवेच्छुक संघसंगठन लगायत सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ । सहयोग गर्न चाहनेहरुले अभियन्ता बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३० मा सम्पर्क गरि सहयोग गर्न सकिने छ ।सहयोग रकम १३ औं दिनको शुद्ध शान्तिका दिन मृतकका परिवारलाई रकम हस्तान्तरण गरिने उहाँले बताउनु भयो ।
 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको