Chauthoanga - Nepali News Media
डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि

काठमाडौँ :  नेपाल आयल निगम लिमिटेडले बिहीबार रातीबाट लागू हुने गरी  डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरेको छ । मुल्यवृद्धिपछि डिजेलको भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लगातार तीन पटक मूल्य घटेर आउँदा गत आर्थिक बर्षको घाटालाई देखाएर नेपाली बजारमा मुल्य समायोजन गर्न नमानेको आयल निगमले बिहीबार दिउँसो नयाँ मूल्य पाउनासाथ मुल्य बढाएको हो । आइओसीले बिहीबार दिउँसो पठाएको नयाँ मुल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।

त्यसपछि निगम संचालक समितिको साँझ बैठक बसी मूल्य बढाउने निर्णय भएको हो । दसैंको मुखमा डिजेलको मुल्य बढ्दा सार्वजनिक यातायात र ढुवानीका साधनको भाँडादर बढ्ने निश्चित भएको छ । मूल्यवृद्धि पछि पनि निगमलाई अझै पाक्षिक रुपमा ३० करोड ५२ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको