Chauthoanga - Nepali News Media
प्रचण्डको अपिल: मंसिर ४ को  निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत  दिई विजयी बनाउनुस्

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गर्नुभएको छ । दशैं लगायतका चाडपर्वहरूको अवसरमा आज बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले ‘आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु भन्नुभएको छ । 

प्रचण्डले चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो । हामी नेपालीहरुको मौलिक विशेषता भनेकै विविधतामा एकता हो भन्नु भएको छ ।’

शुभकामना सन्देशमा उहँले भन्नुभएको छ , ‘हाम्रा सबै प्रमुख चाडहरुका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरु छन् । देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु ।’
307526439_629786921845041_6238913901191359736_n1664677341.jpg

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको