Chauthoanga - Nepali News Media
बारामा बस दुर्घटना : १६ जनाको मृत्यु

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् । 

बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गाैतमले जानकारी दिनुभयाे ।  

हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनकाे भरतपुर अस्पतालमा एक जनाकाे ज्यान गएकाे एसपी गौतमले जानकारी दिनुभयो । उनीहरूको सनाखत हुन बाँकी छ ।

दुर्घटनाका घाइतेहरूको चुरेहिल, हेटौँडा र सन्चो अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई भरतपुर अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ । 

दुर्घटनाको प्रकृति हेर्दा मृतकको सङ्ख्या अझै बढ्ने देखिन्छ । दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको हो । प्रारम्भिक निरीक्षणमा गाडी अत्यन्तै द्रुत गतिमा रहेको र बाटो ओरालो हुँदा तथा पानीसमेत परिरहेका कारण दुर्घटना भएकाे देखिएको ट्राफिक प्रहरीले जनाएको छ । 

नारायणगढबाट पथलैया जाँदै गरेको बा प्र. ०६–००१ ख ०१० नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ५१ जना यात्रु रहेका प्रहरीले बताएको छ । जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको