Chauthoanga - Nepali News Media
कालीकोटमा पहिरोमा परेर वडाअध्यक्षसहित मलामी गएका १३ जना बेपत्ता भएकाे पुष्टि

दाङ- कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएको  पुष्टि भएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका १३ जना पहिरोमा परेका हुन् ।

‘१३ जना मलामी र लासलाई पहिरोले पुरेको छ’ उहाँले भन्नुभयो– ‘पहिरो सिधै तिला नदीमा खसेको छ । नदीमा बाढी आएकाले खोजी कार्यमा भने कठिनाइ भएको छ।’ अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् ।

पहिरोमा वडा अध्यक्ष परबहादुर शाहीसहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १२:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको