Chauthoanga - Nepali News Media
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज

काठमाडौं -  मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ ।

मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताउनुभयो ।


देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्ममिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको