Chauthoanga - Nepali News Media
यस्तो छ गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माको राजनीतिक जीवनी

दाङ- निर्वाचनको सरगर्मीले गाउँ, शहर चलायमान भइसकेको छ । मान्छेहरुमा उम्मेदवारका विषयमा चासो उभिने क्रम शुरु भइसकेको छ । यहि क्रममा दाङको २ निर्वाचन क्षेत्रमा उम्मेदवारका विषयमा सार्वजनिक चर्चाहरु बढ्न थालेकाछन । मान्छेहरु एमालेका महासचिव शंकर पोखे्रलका विषयमा भन्दा बढी चासो र जिज्ञासा रेखा शर्माको बारेमा राखिरहेको पाइन्छ । गठबन्धनकी साझा उम्मेदवार रेखा शर्माको राजनीतिक जीवन यात्रा र उनको जीवनी अहिले सार्वजनिक चासोको विषय बनेको छ ।

२०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मेकी रेखा २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति जीवन शुरुवाद गरेकी थिइन । महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्र्तिण गरेकी रेखा पढाईको क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्ष समेत भइन । त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन । २०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन । त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्य समेत भएकी थिइन । उनी २०५३ साल देखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारी को केन्द्रीय अध्यक्ष भइन । २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट उनी पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यमा उपब्युरोको प्रमुख भएर काम गरिन ।

उनका श्रीमान कृष्णध्वज खड्का पूर्व विद्यार्थीका केन्द्रिय अध्यक्ष र अहिले लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री र प्युठानका माओवादी नेता हुन । माओवादीको शिर्षस्थ महिला नेतामा पर्ने रेखा शर्मा जनयुद्दकाल देखि राष्ट्रियस्तरमा परिचित नाम हो । रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर पार्टी अध्यक्ष प्रचण्डको मन युद्धकालमै जितेकी थिइन । युद्धकाल देखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए । सरल र मिजासिलो स्वभावकी रेखा आकर्षक भाषण र संगठन कला भएकी जुझारु लिडरको रुपमा माओवादी भित्र स्थापित छिन ।

युद्धको उत्कर्ष संकटकालको समय २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन । उनी श्रीमान कृष्णध्वज खड्का सहित पक्राउ परेकी थिइन । सेनाले ०५८ साल चैतमा दुबैलाई एकैसाथ पक्राउ ग¥यो । आफूहरु लुकेर बसेको कोठाबाटै उनीहरु पक्राउ परेका थिए । पार्टीको संघर्षका कार्यक्रमका विषयमा छलफल गर्ने क्रममा चाबहिलमा एक सहयोगीका कोठाबाट उनीहरुसँगै समातिएका थिए । दुबैलाई अनुहारमा कालो मुखुण्डो लगाई हात पछाडि लगेर हत्कडी लगाएर शुरु भयो उनीहरुलाई यातना दिने क्रम । रेखा भन्छिन, ‘कोठाभित्रै मलाई खुट्टामा समाएर उँधोमन्टो झुण्ड्याए र अरुले अनुहार र शरीरमा बुट बजार्न थाले । झ¥यामझुरुम एकैचोटी कति बुट हाने कति ।’ सेनाले माथिल्लो तहका नेताहरु कहाँ छन भनेर सोधेका थिए । भन्न इन्कार गरेपछि भकुर्नु भकुर्थे ।

सेनाले रेखा र कृष्णध्वज माथि यातनाका विभिन्न ‘प्रयोग’हरु गरे । नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्मको यातना रेखाले बेहोरेकीछिन । चक्कुले चिरेका दाग र भाँचिएका करङ् सहितको शरीर लिएर अहिले पनि रेखा इमान्दारिताको राजनीतिमा आफू भित्रको उर्जा पोखाइरहेकी छिन । नरोकी लगातार १० दिनको चरम यातना, मुखमा मुकुण्डो, चाडोमा चिसो भूँईमा सुत्नुपर्ने, न खाना न पानी । पानी माग्दा ट्वाइलेटको फोहोर पानी ल्याएर पिउन लगाउँथे चरम अमानवीय यातनाको शिवीरबाट उठेकी राजनीतिक व्यतिmत्व हुन रेखा शर्मा । उनी कुनै पावर, आफन्त वा कसैको चाकडी नगरी आजको स्थानमा आफनैं क्षमता, आफनै संघर्ष र आफैभित्रको बलियो इच्छा शतिmले आइपुगेकी हुन ।
२०५९ सालमा सरकार र माओवादीको वार्ता शुरु भएपछि रिहाई भएसँगै उनी पार्टीको नियमित काममा अहिले स्थायी समिति जस्तो माओवादीको शिर्ष तहमा रहेकीछिन । २०७० सालमा संविधान सभामा समानुपातिक सांसद बनेकी रेखा त्यतिबेला डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन । पार्टीले विश्वास गरेर उनलाई माओवादीको तर्फबाट संसदमा प्रमुख सचेतको जिम्मेवारी समेतदिएको थियो ।सामान्यप्रशासन मन्त्री भएर आफनो क्षमता संसद र मन्त्री हुँदा देखाइसकेकी रेखाको राजनीतिक संघर्ष र योगदानको कद उनीसँग चुनावमा भिड्न थालेका शंकर पाख्रेलको भन्दा धेरै माथि रहेको छ ।

शंकर पोख्रेल जतिकै केन्द्रिय प्रभाव र अध्यक्ष प्रचण्डको विश्वास पात्रको रुपमा रहेकी रेखा शंकर पोख्रेलसँगको तौलमा धेरै वयट भएकी महिला नेता हुन । संसद्को राज्यव्यवस्था तथा सुशासनसमितिको सदस्य समेत भएर काम गरेकी रेखा संविधान निर्माणको घरमा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनका लागि उनले निर्णायक भूमिका निर्वाह गरेकी थिइन ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको