Chauthoanga - Nepali News Media
स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्थायी डाक्टर शान्ति मिसनमा जान पाउने

काठमाडौँ – सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ।रक्षा मन्त्रालयले पहिलो पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनका लागि लिविया जान चाहने जनरल सर्जनले कात्तिक १६ गतेसम्म सम्पर्क गर्नुपर्ने बताएको छ।सूचनामा मिसनमा जाने चिकित्सक मन्त्रालयअन्तर्गतको स्थायी कर्मचारी हुनुपर्ने र कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरेको छ।

शान्ति मिसनमा रक्षा मन्त्रालय अन्तर्गतको नेपाली सेना र गृह मन्त्रालयअन्तर्गतको सशस्त्र र जनपद प्रहरी सहभागी हुँदै आएका छन्। चिकित्सातर्फ पनि प्राविधिक सेना, प्रहरी र सशस्त्र प्रहरीले नै सहभागीता जनाउँदै आएका थिए।

स्वास्थ्यअन्तर्गतका चिकित्सकले समेत विदेश गएर काम गर्ने अवसर पाएको यो पहिलो पटक हुनेछ।

305384269_413511117474309_2621486830772474356_n1666693784.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक ८, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको