Chauthoanga - Nepali News Media
धनुषामा जन्ती बोकेको जीप दुर्घटन पाँचकाे मृत्यु , ९ जना घाइते

धनुषा - पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । ९ जना घाइते भएका छन् । 

आज बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बाेकेर इँटहरीबाट फर्किँदै गरेकाे बा १ ज ८२९३ नम्बरको जीप वीरेन्द्रबजारमा दुर्घटना भएकाे हाे । 

ज्यान गुमाउनेमा तीन जना महिला, एक जना बालक र एक जना पुरुष रहेका धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएकाे छ । घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल धनुषा पठाइएकाे उहाँले बताउनु भयाे ।

ज्यान गुमाउनेमा महोत्तरीको पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनियाँ तुल्सीयाहीकी ३५ वर्षीया रुविकुमारी साहबाहेक अन्यकाे परिचय खुलेको छैन । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको