Chauthoanga - Nepali News Media
बंगलाचुली वडा नम्वर ३ र ८ जोड्ने लामिदिवाली जेमुरे ट्रस पुलको गाउँपालिका अध्यक्ष पुनद्वारा उद्घाटन


कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर तिन र आठ जोड्ने गरि निर्माण गरीएको ट्रष्ट पुलको आईतबार आज उद्घाटन गरिएको छ । लामिदिवाली जेमुरे ट्रसको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर (शुवास)ले उद्घाटन गर्नुभएको हो । पुल निर्माण उपभोक्ता समितका अध्यक्ष टिका बहादुर खैकल मगरको अध्यक्षता एवं बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ट आतिथ्यतामा पुलको उद्घाटन गरीएको हो । 

326256891_6654020841293659_8626666194721991963_n1674395887.jpg

बंगलाचुली गाउँपालिकाको ४ लाख ६७ हजार ७ सय ८० नगद,उपभोक्ता समितको ७१ हजार ९ सय ६६ र एसपिए कार्यक्रमको ३० लाख ५८ हजार ५ सय ६५ गरी जम्मा ३५ लाख ८८ हजार ३ सय १२ को लागतमा पुलको निर्माण गरिएको छ । सो पुलबाट बंगलाचुली गाउँपालिका वडा नम्वर ३ र ८ का २ सय २६ घरधुरीका १३ सय ५६ परिवार लाभान्वित हुने छन् । 
कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष झविन्द्र गाहामगर , वडा नम्वर ३ का वडा सदस्य हरि प्रकास प्रसाद घर्तीमगर,सेवा प्रतिष्ठान नेपालका प्राविधिक दिपेश गौतम,सामाजिक परिचालक सरद कुमार चौधरी,बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठमगर,निवर्तमान वडा सदस्य श्रीर बहादुर राना,लुम बहादुर गाहा,खड्क मन्दिर हाँसिपुरका प्रधानाध्यापक शिशिर कुमार कार्की,माध्यामिक विद्यालय मुलाबारी भेडाबारीका शिक्षक टिकाराम खत्री लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण फनाधर गाहामगरले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको