Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाद्वारा विभिन्न आन्दोलनका सहिद,घाईते अपाङ्ग तथा वेपत्ता परिवारलाई सम्मान

कमिरेचौर  - दाङको बंगलाचुली गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि विभिन्न आन्दोलनका सहिद,घाईते अपाङ्ग तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले सहिद दिवसको अवसर पारी आज सम्मान गरेको हो । गाउँपालिका भरका २३ जना सहिद परिवारका सदस्य,३५ जना घाईते अपाङ्ग र ५ जना वेपत्ता परिवारका सदस्यलाई सम्मान गरेको थियो । 

बंगलाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरी सहिद ,घाईते अपाङ्ग तथा वेपत्ताका परिवारका सदस्यहरुलाई नगद ३ हजार ५ सय तथा खादा ओढाएर सहिद परिवारलाई सम्मान गरेको हो । 

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास)को अध्यक्षतामा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले देशमा विभिन्न आन्दोलनमा योगदान पुराएका सम्पूर्ण सहिद,घाईते तथा वेपत्ताका लागि भनेर राज्यले विशेष दिनकोरुपमा माघ १६ लाई घोषरा गरेको बताउनु भयो । अध्यक्ष पुनले राज्यको तर्फबाट आजको दिनलाई साझादिनकोरुपमा घोषणा गरेको हुँदा विभिन्न आन्दोलनका सहित,घाईते तथा वेपत्ताहरुलाई आफुहरुले सम्मान गरेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष तुल्सीराम पुनमगरले आगामि दिनहरुमा सहिद,घाईते र वेपत्ताका परिवारलाई आश्रीत गराउने खालको कार्यक्रम ल्याउने बताउनु भयो ।अध्यक्ष पुनले आगामि दिनमा सहिद,घाईते र वेपत्ताका परिवारको थप व्यवस्थापनका लागि प्रदेश सरकार तथा संघिय सरकार संगपनि थप पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै कार्य्रममा बोल्दै बंगलुचली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले सहिद,घाईते तथा वेपत्ता परिवारलाई आज्यले अपनत्तव महसुस गर्दै सम्मान व्यक्त गरेको बताउनु भयो । साथै उहाँले आगामिदिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । 

327910831_548392770568668_4198218599483109324_n1675083597.jpg

गाउँपालिकाले बंगलाचुली गाउँपालिका भरका सहिद,घाईते तथा बेपत्ता परिवार र द्वन्द पिडितहरुको अभिलेखिकरण गर्ने काम गर्ने बताउनुभयो ।यस्तै कार्यक्रममा बोल्दै सहिद,घाईते र वेपत्ता परिवारका सदस्यहरुले व्यवस्था परिवर्तन भएपनि आफुहरुको अवस्था परिवर्तन हुन नसकेको गुनासो गरेका छन् । राष्ट्र निर्माणका लागि आफ्नो परिवारका सदस्यहरु तथा आफुहरुले निकै ठुलो योगदान गरेको भएपनि आफुहरुलाई राज्यले उचित स्थान दिन नसकेको बताएका छन् । 

कार्यक्रममा सहिद परिवारका तर्फबाट वावुराम पौडेल,घाईते अपाङ्गको तर्फबाट रमाकुमारी पुनमगर,खगेश्वर जीएम बादल बोल्नुभएको थियो । कार्यक्रमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्वर तिनका अध्यक्ष शोभाराज विश्वकर्मा,चारका अध्यक्ष डाँस बहादुर डाँगी,पाँचका अध्यक्ष लिला बहादुर घर्तीमगर , आठका अध्यक्ष झविन्द्र गाहमागर ,कार्यापालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, कर्मचारी तथा गाउँपालिकाभरीका सहिद, घाईते, वेपत्तापरिवारको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका महिला विकास शाखाका महिला विकास निरिक्षक कल्पना केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको