Chauthoanga - Nepali News Media
विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती

काठमाडौं - आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन ।

पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । उहाँले सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गी र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । “तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व पनि छ यो मानवीय परम्परासँग जोडिएको छ ।” उहाँले भन्नुभयो, “कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायतका क्रियाकलाप भइरहेका हुन्छन् ।”

सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन पनि महत्वपूर्ण भूमिका खेलेका उहाँ बताउनुहुन्छ । प्राणीको जीवन पानीमा आश्रित भएको र पानीबिना जीवनको अस्तित्व नरहने भएकाले यसलाई मान्छेको फोक्सोजस्तै भएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।

उहाँले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको बताउनुभयो । “निकुञ्जभित्र हामीले बेला बेला सरसफाइ गर्ने गरेका छाँै ताल पुरिने समस्या छ ।” उहाँले भन्नुभयो, “निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ ।” उहाँले पानीमा आउने जलकुम्भी सिमसार क्षेत्र ओगट्ने गरेको बताउनुभयो । सिमसारमा हुने घाँसको तत्वले बर्सातको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन् ।

प्रकृतिको अनुपम उपहार सिमसारले मानव समुदायलाई निःशुल्करुपमा वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन् । “जैविक विविधता र पारिस्थितिकीय सन्तुलन कायम गर्न पनि सिमसारको महत्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ ।” उहाँले भन्नुभयो, “सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ ।” उहाँले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको बताउनुभयो ।

त्यसैगरी विद्यार्थी रितु जोशीले सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलिय बोट बिरुवा र जनावर प्रजातिलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताउनुभयो । “सिमसार उभयचर र सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।” उहाँले भन्नुभयो, “सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ ।” कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रम र कतै बर्सेनि पुरिँदै गएकाले यसको संरक्षणमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको