Chauthoanga - Nepali News Media
टर्कीएमा फेरि ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प : तीन जनाको ज्यान गयो

टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।

टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ ।

टर्कीए सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो 

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  ०७:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको