Chauthoanga - Nepali News Media
बाजुरामा केन्द्रबिन्दु भएर भूकम्प

दाङ - सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

आज दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर  एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको