Chauthoanga - Nepali News Media
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं- उपराष्ट्रपति निर्वाचनको मतगणना  सुरु भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले मतगणना भर्खरै सुरु भएको जानकारी दिनुभएको हो। 

नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा संघीय संसदका तीन सय ११ सदस्य र प्रदेश सभाका पाँच सय १८ सदस्यले मतदान गर्नुभएको छ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार हुनुहुन्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको