Chauthoanga - Nepali News Media
सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने माओवादीको निर्णय
माओवादी-केन्द्र

काठमाडौँ - नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी सोमवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पार्टीका सचिव देवेन्द्र पौडेलले सोमवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र संघीय संसद्लाई प्रभावकारी, गतिशिल बनाउनका लागि दश दलीय गठबन्धनमा छलफल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सचिव पौडेलले बैठकमा सङ्क्रमणकालीन न्याय –टिआरसी लगायतका विधेयक टुङ्ग्याउने र ऐन कानून बनाउनका लागि गठबन्धनलाई साथमा लिई जनसरोकारका विषयलाई ख्याल गर्दै सरकार सञ्चालन गर्नेबारे छलफल भएको बताउनुभयो ।

सातै प्रदेशमा आलोपालो गर्ने गरी संघीय सरकारको बजेट, नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारहरूलाई पनि गतिशिल बनाउने गरी अघि बढ्ने लगायतको विषयमा बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।

दश दलीय गठबन्धनका शीर्ष नेताहरूसँग भेटेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको र प्रस्ताव तयार भएपछि गठबन्धनको बैठक बसेर सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुने पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको