Chauthoanga - Nepali News Media
दाङमा जबरजस्ती करणी गरेको अभियोगमा ५ जना पक्राउ

दाङ - दाङको देउखुरीमा एउटै घरका दिदी बहिनीलाई जवरजस्ती करण गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ गढवा गाउँपालिका निवासी २ जना नाबालकसहित पाँच जना रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं.-६ निवासी १६ वर्षीय २ बालक, सोही वडा निवासी १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका–५ निवासी २० वर्षीय सुहेल खान,कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ मैतहवा घरभई हाल गढवा गाउँपालिका–६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले  जानकारी दिनुभयो । 

उनिहरुलाई जिल्ला अदालत दाङबाट म्यादथप गरि थप अनुसन्धान भैरहेको गौतमले बताउनुभयो । प्रवक्ता गौतमका अनुसार राप्ती गाउँपालिका घर भएका करिव १२ वर्ष र १४ वर्षका बालिकालाई करणीको प्रयास गरेको प्रहरीमा उजुरीका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको