Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा गैर दलितले गरे दलितको शुद्धारी भोज बहिस्कार

दाङ- दाङको बंगलाचुलीमा गैर दलितहरुले दलितको शुद्धारी भोज वहिस्कार गरेका छन् । उनिहरुले दलित र गैर दलितको लागि अलग अलग भन्सो नबनाएको भन्दै शुद्धारी भोज वहिस्कार गरेका हुन् ।  गाउँपालिकाको वडा नम्वर ८ गोठिबन निवासी ७६ वर्षका भिम बहादुर वि.क.को १३ औँ दिनको तिथिमा आयोजित शुद्धारी भोजलाई गोठिबन टोलका २८ घर गैरदलित समुदायले वहिस्कार गरेको पिडित परिवार नारायण विकले जानकारी दिनुभयो । पिडित परिवारले आफुहरुमाथी गम्भिर प्रकारको जातिय विवेद भएको दावी गरेका छन् ।  
पिडित परिवारका सदस्य नारायण विकले घटनाको वारेमा भन्नुभयो," साउन १० गते मेरो हजुर वुवाको मृत्यू भयो ।त्यस पछी अन्तिम दाहासंस्कारका लागि गाउँका सबै गाउँलेहरु, आफन्तहरु मलाम जानुभयो हजुर वुवाको दाहा संस्कार समपन्न भयो । हजुर वुवाको मृत्यु भएको ११ औँ दिनको दिन म र मेरो अंकलले आपसमा सल्लाह गरी गैर दलित र दलितका लागि एउटै भान्सो बनाउने भनी त्यहाँका गैर दलित अगुवा सूर्य बहादुर केसी संग सल्लाह माग्दा दलित र गैर दलितको अलग अलग भन्सो नबनाउने भए हामिले भोज वहिस्कार गर्दछौँ भन्नुभयो । हामिले अहिलेको युगमा पनि किन भान्सो दुईवटा बनाउने एउटैमा गराउँ भनेको त्यस लगत्तै उहाँको घरमा आन्तरिक बैठक बसेर शुद्धारी भोज वहिस्कार गर्नुभयो।यसले हामिलाई सामाजिकरुपमा निकै ठुलो पिडा महसुस भएको छ ।" 
गोठिवनमा गाउँको परम्परा अनुसार गाउँमा कसैको मृत्यु भएमा हरेक घरबाट तिनसयका दरले प्रत्येक घरबाट गच्छे उठाउने चलन रहेको भएपनि आफुहरु दलित भएकै कारण २८ घरले गच्छे पनि नउठाएको पिडित नारायण विकको गुनासो छ । गोठीवन टोलका ३२ घर गैर दलितहरु मध्य ४ घरले मात्र गाउँको पद्धति अनुसार गच्छे उठाएको उहाँले बताउनुभयो । गोठिबन टोलमा २७ घर दलित समुदाय रहेका छन् भने अन्य गैरदलितहरु रहका छन् । गोठिबन वाहेकका अन्य छिमेकी गाउँकाले भने शुद्धारी भोजमा सहभागिता जानाएको र शुद्धारी भोजमा सामेल भएको नाराय विकले बताउनुभयो ।   

भोज वहिस्कारमा मुख्य गरी बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का वर्ष ५५ का सुर्य बहादुर के.सी.,वर्ष ३२ का हरि बहादुर घर्ती क्षेत्री,  वर्ष ५६ का ईमान सीह खड्का, वर्ष ३२ का नमराज गाहा लगाएतका रहेको पिडित नारायण विकले जानकारी दिनुभयो । उनिहरुले गाउँघरमा अन्य सबैलाई फोन तथा भेटगरी शुद्धारी भोजमा जानबाट रोक लगाएको उहाँले बताउनुभयो ।
यसैविच बंगलाचुली गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष झविन्द्र बहादुर गाहामगरले यस घटनाको विषयमा आधिकारीकरुमा आफुलाई जानकारी नआएको बताउनुभयो । अध्यक्ष गाहाले भन्नुभयो,"यस विषयमा औपचारीकरुपमा मलाई जानकारी त छैन तर दलित र गैर दलितका लागि दुईवटा भान्सो नबनाएको भन्दै क्षेत्री समुदायले बहिस्कार गरेरे भन्ने चाहीँ सुनेको छु।" 
यस्तै गैरदलित अगुवा मध्यका हरि बहादुर घर्ती क्षेत्रीले आफुहरुले दलित भएकै कारण भोज वहिस्कार नगरेको दावी गर्नुभयो ।उहाँले भन्नुभयो," गाउँका बुढा पुराना मान्छेले एउटै भान्सोमा अहिले सम्म खाएका छैनौ अलग भए जान्छौँ भन्नुभयो नत्र जाँदैनौ भन्नुभयो । उता क्षेत्री बाहुन नभएपनि काम चल्छ भनेछन् त्यसपछी उता बाट एउटै भान्सो गराउने कुरो आयो। । अनि दुईवटा भान्सो नभएको कारण पुराना मान्छेहरु जानुभएन । अनि म पनि गएन ।" क्षेत्रीले  दलितले गरेको भान्सो भनेर वहिस्कार नगरेको बताउँदै कुनै व्यक्तिगत रिसिविका कारण आरोप लगाएको दावी गर्नुभयो । 

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको