Chauthoanga - Nepali News Media
नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नामबाट चन्दा आतङ्क मच्चाउने पक्राउ 

दाङ - नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को नाम बाट चन्दा आतङ्क मच्चाउने दुईजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । उनिहरुले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को लेटरप्याड प्रयोग गरेर चन्दा माग गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नाबय उपरिक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । 

प्रहरीले सल्यान त्रिबेणी गाँउपालिका वडा नं. ४ बस्ने ३३ वर्षिय धनराज तुफान भनिने धन बहादुर परियार र सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. १ दमाचौर बस्ने २९ वर्षिय छोरा चन्द्र प्रकाश विकलाई पक्राउ गरेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।  

उनिहरुले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को लेटरप्याड प्रयोग गरेर गत वर्ष चैत महिनाको ३ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन केसी संग दश लाख रुपैयाँ, यही गत जेठ महिनाको १८ गते सल्यान कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारी संग पाँच लाख रुपैयाँ, असार २७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित बेलझुण्डी माविका शिक्षिका जानका बस्नेतसंग एक लाख र गत वर्ष चैत महिनाको २१ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बुढागाउँ पर्सेनी बस्ने पूर्व शिक्षक ईन्द्र बहादुर वलीसंग पनि एक लाख रुपैँया चन्दा मागेको गौतमले जानकारी दिनुभयो । 

गौतामका अनुसार  माग गरेको रकमको विषयमा यदी कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना घट्न सक्ने समेत चेतावनी दिदै आएको पीडितहरुले बताएका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिमको कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यसैविच  प्रहरीले यस किसिमका अवैध रकम तथा चन्दा असुली गर्ने कार्यबाट आम सर्वसाधाण व्यक्तिहरु तथा संघ संस्थाहरुसजग रहन सुझाव समेत दिएको छ । प्रहरीले यस  किसिमको कार्य गर्नेसमुह, पार्टि, तथा संघ संस्थाहरुका बारेमा  तत्काल नजिकको प्रहरीलाई खवर गरी सहयोग गर्न समेत अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको