Chauthoanga - Nepali News Media
‘कुटपिट गरे, हातखुट्टा बाँधेर पल्टाए, घरमा चोरी गरे’

दाङः ‘रातको करिव साढे दश बजेको थियो । हामी खानपिन गरी सुत्ने तयारीमा थियौं । श्रीमती पसलको सामान स्याहार्दै थिईन । म पल्टेको थिए । ढोकाभित्र करिव १४÷१५ जनाको एक हुल मान्छे पसे । ति मान्छे म भए तिर आए । मलाई कुटपिट गर्न थाले । श्रीमती चिच्याउदै आईन् । श्रीममतीलाई कुटपिट गरे । श्रीमती पल्टीईन् । म बेहोस भएछु  । ’ घोराही उपमहानगरपालिका वडा नं. १२ रामकोटका मान बहादुर बस्नेतले भन्नुुभयो –‘ चोरले हामीलाई कुटपिट गरेर बाँधेर घरमा चोरी गरे । नगद ६ लाख सहित पसलका सरसामान गरगहना लुटपात गरी लगे । ’

कुटपिट घाईते भएका बस्नेत उहाँका श्रीमती तिला बस्नेत अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारार्थ अवस्थामा हुनुुहुून्छ । करिव १५ जनाको युवाहरु समूह घरभित्र पसि कुटपिट गरी पीडित बस्नेत दम्पत्तीलाई घरभित्रै बाँधेर पल्टाई नगद ६ लाख सहित पसलका सरसामान र गहगहना समेत लुटपात गरी लगेको पीडित बस्नेत बताउनुुभयो । कुटपिटका कारण बस्नेतका श्रीमती सामान्य घाईते हुनुभएको छ भने बस्नेत गम्भीर घाईते हुनुुभएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी राजन गौतमका अनुुसार घटना लगत्तै प्रहरीलाई खवर प्राप्त गरी घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ थरी आवश्यक अनुुसन्धान गरी रहेको जानकारी दिनुुभयो । घटनामा संलग्न ३ जना स्थानीय युवा समेत रहेको डिएसपी गौतमले भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको