Chauthoanga - Nepali News Media
दाङमा छोराले गरे बुवाको हत्या

दाङ-दाङमा छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको घोराही  उपमहानगरपालिका ५ दलजितपुर निवासी  वर्ष २८ का सन्तोष केसीले वर्ष ५१ वर्षका बुवा प्रेम बहादुर केसीको  हत्या गरेका हुन् ।

जिल्ला प्रहरी  दाङ प्रहरीका अनुसार हिजो साझ मादक पदार्थ खाएर मातेका छोराको  निर्घात कुटपिट बाट घाइते भएका बुवा उपचारका क्रममा मृत्यु भएको हो ।

छोराको कुटपिटबाट घाइते प्रेम बहादुर लाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा सामान्य उपचार पछी थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएरातीनै मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो ।

बुवाको हत्यामा संलग्न छोरा सन्तोष केसीलाई प्रहरी नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडी बढाएको प्रमुख केसीले जानकारी दिनुभयो । 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको