Chauthoanga - Nepali News Media
दाङमा सालनालसहित नवजात शिशुको शव फेला

दाङ- दाङको तुलसीपुरमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ ।

शिशुको शव शुक्रबार तुलसीपुर उपमहानगरपालिका ५ न्यूरोडस्थित कुलोमा नवजात शिशुको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

शिशुको शव तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनुभयो । शिशुको विषयमा थप अनुसन्धान भैरहेको केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०६:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको