Chauthoanga - Nepali News Media
दाङमा एक युवक द्वारा खुकुरी प्रहारगरी एक महिलाको हत्या , दुई जना गम्भिर घाईते 

दाङ - दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक युवकले एक महिलाको हत्या गरेका छन् । भने दुई जना गम्भीर घाइते भएका छन् ।
तुलसीपुर ११ बेलटाकुरा भगवती टोल बस्ने अन्दाजी ३८/३९ वर्षीय टेक बहादुर हमालले  खुकुरी प्रहार गरी तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२/४३ वर्षीया रिता लामिछाको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिनुभएको छ  ।

आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ । त्यसैगरी टेक बहादुरले हानेको खुकुरी लागेर सोही ठाउँ बस्ने ४५ वर्षिय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षिया कमला कुमारी हमाल गम्भीर घाइते भएको प्रहरी प्रबक्ता केसीले जानकारी दिनुभयो । 

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ । साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको