Chauthoanga - Nepali News Media
दाङमा मूल्य वृद्धिको विरोधमा तीन दिनदेखि अनशन

 

 

दाङः मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् ।

पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर रहेका छन।

डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताउनुभयो । लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आज उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गर्नुभएको छ ।

नगरपालिकाको टोलीले अनशनरत दुई जनाको स्वास्थ्य चेकजाचसमेत गरेको छ । अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य भए पनि अनशन नतोडिए स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको