Chauthoanga - Nepali News Media
दाङमा नदिले वगाउँदा एक जनाको मृत्यु 


दाङ -  दाङमा नदिले वगाउँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नदीमा बगेर लमही नगरपालिका-९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमालको मृत्यु भएको हो । साउन ३ गते बुधवार राजपुर गाउँपालिका-७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने क्रममा उहाँ  राप्ती नदीमा बगेर बेपत्ता हुनुभएको थियो । 

वेपत्ता कुमालको शवलाई आज लमही नगरपालिका-९ अमिलियाको राप्ती घाटमा भैसिं चराउन गएका स्थानियले देखेका थिए । स्थानियले कुमालको शव देखेपछी प्रहरीलाई खवर गरेका थिए । 

खबर पछि इलाका प्रहरी कार्यालय अमिलियाको टोलीले कुमालको शवलाई नदि बाहिर निकालेको  लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले जानकारी दिनु भयो । बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन । मृतक कुमालको शवलाई पोस्टमार्टम पछि आफन्तिको जिम्मा लगाईने वडा अध्यक्ष केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको