Chauthoanga - Nepali News Media
करेन्ट लागेर एक जनाको ज्यान गयो 

दाङ- करेन्ट लागेर दाङमा एक जनाको ज्यान गएको छ। जिल्लाको लमही नगरपालिका–३ मिलनचोक निवासी रुपनी चौधरीको करेन्ट लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले बताएको छ । 

करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लागेर चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा लगिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको