Chauthoanga - Nepali News Media
रड प्रहार गरि दाङमा श्रमानलेगरे श्रमतिकाे हत्या

दाङ- दाङमा एक व्यक्तिले  रड प्रहार गरि आफ्नो श्रीमतीको हत्या गरेका छन् ।जिल्लाकाे तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। 
रक्सि खायर मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
घटना गयराति सवा १० बजेतिरको हो। घटना पछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेकाे प्रहरीले बताएको छ । 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०७:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको