Chauthoanga - Nepali News Media
दाङमा प्रहरी जवान द्वारा श्रीमती र छोराको हत्या

दाङ -दाङको घोराहीमा एक प्रहरी जवानले आज बिहान आफ्नो श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

उनले प्रहरी कार्यालयमा आफ्नो श्रीमती ‘नेपालगन्जबाट आएकी छिन्’ भनी शनिबार राति बिदा मागेर निस्कीएका थिए । त्यसपछी नेपाली घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेका थिए । सोही होटेलमा आज  बिहान ७ बजेतिर श्रीमती संग आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको उनी आफैंले स्वीकार गरेका छन् । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जनाकारी दिनुभयो ।

प्रहरी जवान नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जनाकारी दिनुभयो ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको