Chauthoanga - Nepali News Media
दाङमा बन्दुकको गोलि लागेर एक किशोरको मृत्यु

दाङ - दाङमा सिकार खेल्न गएका एक किशोरको गोलिलागेर मृत्यु भएको छ । बन्दुकको गोलि लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ बर्षीय तेजलाल खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाले जानकारी लिनुभयो । शुक्रबार राति सिकार खेल्न शान्तिनगर १ स्थित बनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुक पड्केको र उनको मृत्यु भएको बुझिन आएको थापाले जानकारी दिनभुयो । 

राति १ बजेतिर आफूहरु घटनास्थलमा पुग्दा खत्रीको मृत्यु भइसकेको अबस्था फेला पारिएको र उनको साथबाट एउटा बन्दुक र त्यसकालागि चाहिने सामग्रीहरु फेला पारेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुयभो । 

मृतक संग शिकार खेल्न गाउँका ११/१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । थापाले संगै गएका केही व्यक्तिको पहिचान भइसकेकाले उनीहरुलाई खोजी गरि तत्काल पक्राउ गर्ने गरि तयारी थालिएको जानकारी दिनुभयो । खत्रीको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको