Chauthoanga - Nepali News Media
मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे घाटिरेटेर  आत्महत्या

विराटनगर - मोरङमा एक पुरुषले श्रमतीकोहत्या गरि  आफूले पनि आफ्नो घाँटी रेटेर आत्महत्या गरेका छन् ।माेरङ बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका हुन् । 

बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको गयराति १ बजे हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले बताउनु भयाे । श्रीमतीको हत्या गरेपछि श्रीमान् बम बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेका थिए । 

घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको उहाले बताउनु भयाे ।  

उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको