Chauthoanga - Nepali News Media
सुन प्रकरणमा पक्राउ परेका महराको बयान : ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन’

काठमाडौँ - पूर्व सभामुख कृष्णबहादुर महराको सुन प्रकरणको विषयमा बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा अनुसन्धान अधिकृतहरूले चिनियाँ नागरिक लि हासोङ्गले ७ सय ३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे  महरा संग बयान लिएका हुन् ।  बयानका क्रममा महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेको बताईएको छ । 

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले महरालाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । 
अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा महराले भन्नुभएको छ – ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने गरेको उहाँले बताउनुभयो  ।

महराले  भन्नुभयो ‘दिनहुँ धेरै फोन आउँछ कुरा हुन्छ तर, अहिले विस्तृत कुरा मलाई थाहै हुँदैन ।’ सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा  महरा पक्राउ पर्नुभएको हो ।  

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको