Chauthoanga - Nepali News Media
दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु

दाङ- दाङमा करेन्ट लागेर एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

राप्ती गाउँपालिका–३ मसुरिया स्थित विद्युतको तार चुडिएर घरको आगँनमा पुगि करेन्ट लाग्दा एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको ईलाका प्रहरी कार्यालय भालुबांङले जानकारी दिएको छ ।

स्थानीय ५५ बर्षिय हजुरआमा दिलसरा केसी र उहाँका ४ बर्षिय नाती कृष्ण केसीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले पुष्टि गर्नुभयो ।

यस्तै करेन्ट लागेर गम्भिर घाईते हुनुभएका ६० वर्षीय गोरखबहादुर केसीलाई  उचारको लागि बुटवल लगिएको छ । नेपाल विद्युत प्राधिकरणको हाईटेन्सन लाइनको तार चुडिएर करेन्ट लागेको बताइएको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको