Chauthoanga - Nepali News Media
हाेलिमा ग्याङ फाईट दुईयुवाकाे हत्या

काठमाडौं - ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको छ । हाेलि खेल्ने क्रममा विवाद भएको निहुँमा दुई समूहबीच झडप भएको थियो । सोही झडपका क्रममा दुई युवाको हत्या भएको हो ।

झडपमा  २८ वर्षिय रेवाज राई र ३० वर्षिय पूजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैको मृत्यु धारिलो हतियार प्रहारबाट भएको अस्पतालले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका उनीहरुलाई नजिकैको सुमेरु अस्पताल लगिएको थियो ।

दिउँसो भएको विवादलाई लिएर राति १० बजे दुई समूहबीच झगडा भएको थियो । घटनामा संलग्न भएको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  ०७:०८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको