Chauthoanga - Nepali News Media
राप्ती प्रादेशिक अस्पताल स्तरोन्नतीको तयारीमा सरकार 

दाङ - लुम्बिनी प्रदेश सरकारले दाङको राप्ती प्रादेशिकअस्पताल तुलसीपरलाई २ सय बेडको अस्पताल बनाउने प्रक्रियाको थालनी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले  लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको छ । 

आज मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण पछि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले  सोकुरा बताउनुभएको हो । उहाँले लुम्बिनी प्रदेशलाई विकासको हिसावले नमुना प्रदेश बताउने बताउनुभएको हो । उहाँले प्रदेशका २ वटा प्रादेशिक अस्पताल रहेको भन्दै यी अस्पताल अरु अस्पतालहरूको स्रोत केन्द्र रहेको समेत बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो , ‘एउटा तुलसीपुरमा रहेको छ, भने अर्को बुटवलमा प्रादेशिक अस्पताल रहेको छ। रणनीतिक हिसाबले भन्नु पर्दा यी अरु अस्पतालका स्रोत केन्द्र हुन्। त्यसैले प्रादेशिक अस्पताललाई २ सय बेडको सञ्चालन गर्नको लागि हामी तयार छौँ। यसको सबै प्रक्रिया पुर्यातएर आउने क्याबिनेटमा पेश गर्न सचिवज्यूलाई निर्देशन पनि दिन्छु।’

कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले राप्ती प्रादेशिक अस्पतालको अवस्थाबारे जानकार रहेको बताउनुभयो । उहाँले भन्नुभयो , ‘तुलसीपुरमा रहेको प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर २ सय बेडको सञ्चालन गर्नुपर्नेछ। यसको यहाँ आवश्यकता पनि छ। हामीले त्यसको आवश्यकता बोध हामीले गरेका छौँ। यसको लागि प्रदेश सरकार गम्भिर भएको छ।’

प्रदेश स्वास्थ्यमन्त्री राजु खनालले आफूलाई राप्ती प्रादेशिक अस्पतालाई छिट्टोभन्दा छिट्टो २ सय बेडको लागि प्रक्रिया अगाडि बढाउन मुख्यमन्त्रीले निर्देशन दिएको बताउनुभो । मन्त्री खनालले मन्त्रालयबाट काम अगाडि बढाएको समेत जानकारी दिनुभयो । 

उहाँले जिल्लाबाट प्रदेशमा मुख्यमन्त्रीसहित ३ जना मन्त्री र प्रदेशको योजना आयोगको उपाध्यक्ष पनि यहीबाट भएको हुँदा यहाँका नागरिकहरूको अपेक्षा स्वास्थ्य क्षेत्र र अन्य विकासका क्षेत्रमा रहेको बताउनुभयो ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको