Chauthoanga - Nepali News Media
खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु

 दाङ - दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जनकारी दिनुभयो । 

उहाँका अनुसार घरमा एक्लै खाना पकाउने क्रममा जलेर उनको मृत्यु भएको हो । घरमा श्रीमान् र छोरा रहेपनि त्यो समयमा घर भन्दा बाहिर रहेको अवस्थामा जलेको प्रहरीले बताएको छ  । बिहीबार साँझ पौने ८ बजेतिर उक्त घटना भएको हो । खाना पकाउने क्रममा  बालेको दाउराको आगो कपडामा सल्किएको हो । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ११:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको