Chauthoanga - Nepali News Media
दाङमा कक्षा एकमा अध्ययनरत  एक विद्यार्थिकाे मनाईयाे ९० ओैँ  जन्माेउत्सव

दाङ- तुलसीपुरमा रहेकाे वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुरमा कक्षा एकमा अध्यनरत वयोवृद्ध विद्यार्थी प्रेमलाल डाँगीकाे ९० ओैँ जन्माेउत्सव मनाईएकाे छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्याैपाने, विद्यालयका प्रधानाध्यापक टाेप बहादुर घर्ती, पवननगर स्वास्थ्य चाैकीका प्रतिनिधि खड्क पुन, विद्यालयका शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुले प्रेमलाल डाँगिलाईलाई विद्यालयको प्रार्थना समयमा जन्मदिनको शुभकामना व्यक्त गरेका थिय।

कार्यक्रममा  प्र. अ. घर्तीले ९० वर्षिय प्रेमलाल डाँगि अध्ययनलाई उमेरले छेक्दैन भन्ने उदाहरणीय पात्र भएकोभनी प्रसंसा गर्नुभयकाे थियो । भने जन्मदिन मनाउने डाँगीले आफुले स्कुल आउन सक्दा सम्म अध्ययनलाई निरन्तरता दिने र यसरी विद्यालयमा सबैका माझ जन्मदिन मनाउन पाउँदा खुसि व्यक्त गर्नु भयाे।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलु प्रसाद न्याैपानेले डाँगीलाई खादा,माला तथा टीका लगाई सम्मान गर्नुका साथै अध्ययनलाई सहयाेग हाेस भनि विद्यालयकाे तर्फबाट कापि र कलम प्रदान गरिएकाे थियाे।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको