Chauthoanga - Nepali News Media
दाङमा वसकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु,स्थानीय द्वारा प्रहरीकाे गाडि ताेडफाेड

दाङ- दाङमा वसकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भयसंगै तनावग्रस्त  अवस्थाकाे सृजना भएको छ।  जिल्लाकाे तुलसीपुरबाट घोराही तर्फ  आउँदै  गरेको भे १ ख ३६९७ नंम्वरकाे  बसको ठक्करबाट दुधरास स्कुलमा कक्षा ३ मा अध्ययनरत ८ वर्षीय उत्तम चौधरीको घटना स्थलमै मृत्यु भएकाे छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले प्रहरीको गाडीमा तोडफोड गरेका छन्। प्रहरीले मृतक बालकको शव उठाउन खोजेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।
घोराहीस्थित जिल्ला अदालतमा बयान र म्याद थपका लागि लगिएका थुनावाहरू लिएर तुलसीपुर  फर्किँदै गरेको गाडीमा तोडफोड र ढुंगामुढा भएको एक प्रहरी अधिकारीले जानकारी दिनुभयाे । उहाले स्थिति नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनु भयो ।

तुलसीपुर १७ घर भएका बालकलाई स्कुलबाट घर फर्किने क्रममा स्कुल अगाडी बसको बायाँ चक्काले च्यापेकाे  थियो । अहिले घोराही तुलसीपर सडक खण्ड अवरुद्ध भएको छ । विद्यार्थी अभिभावकहरु अहिले नाराबाजीसहित ठक्कर दिने वसलाई समेत  तोडफोड गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको