Chauthoanga - Nepali News Media
तुलसीपुरबाट एक सय बढि माओवादीमा प्रवेश, मास्कीद्वारा स्वागत

तुलसीपुर -दाङको तुलसीपुरबाट एक सय बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.७ राजापुरमा आयोजित कार्यक्रमबाट एक सय ६ जना र तुलसीपुर ३ स्थित पैयाखोरेबाट २० जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बिभिन्न पार्टी परित्याग गरि उनीहरुले माओवादी केन्द्र प्रवेश गरेका हुन् । माओवादीकै मन्त्री हुँदा पश्चिम दाङमा विकासको पहल आएकाले विकासमा हातेमालो गर्न आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको उनीहरुको भनाई छ ।

नव प्रवेशीहरुलाई लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् । त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङलाई विकसित दाङ बनाउन आफू लागि परेको भन्दै हातेमाले गर्न सबैमा अपिल गरेका हुन् । जनताको सहयोगले नै पश्चिम दाङमा विकास गर्न सकिने भन्दै त्यसमा सहयोगी बन्न उनले अपील गरेका हुन् ।
त्यस अवसरमा पार्टीका केन्द्रयि सल्लाहकार सेशुराम भण्डारी, प्रदेश कमटी सदस्य प्रेमराज वली, विरेन्द्र दंगाली, तुलसीपुर उपमहानगरकाका उपाध्यक्ष यज्ञबहादुर केसी,सचिब तुलाराम भण्डारी, नेताहरु यज्ञ केसी, घनश्याम डाँगीलगायतको सहभागिता रहेको थियो । पश्चिम दाङमा माओवादीमा प्रवेश गर्नेहरुको लहर बढेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको