Chauthoanga - Nepali News Media
आईती घर्तीकाे सम्झनामा बृहत रक्तदान
received_227264206886674.jpeg

दाङ– नेकपा माओवादी केन्द्र तुुलसीपुर उपमहानगरपालिका वडा नं. १६,१७ ,१८ र १९ नं. वडाले पार्टीले तत्कालिन जनयुद्ध बेपत्ता हरि घर्ती अखिल क्रान्तिकारी जिल्ला सदस्य तथा तुलसीपुर उपमहानगरपालिका एकिकृत अखिल शिक्षक संगठनका सल्लाहकार शरण घर्तीको स्वर्गिय आमा आईती घर्तीकाे संम्झनामा बृहत रक्तदान गरिएको छ ।

बृहत रक्तदानमा नेकपा माओवादी केन्द्र तुलसीपुरका चार वटा वडाका करिव ४० जना युवाहरुले गरेको बृहत रक्तदान कार्यक्रमको संयोजक बिष्णु चौधरीले बताउनुुभयो । आमा स्मृतिमा चार वडा पार्टी कमिटिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरीएको संयोजक चौधरीले बताउनुुभयो  । ‘‘रक्तदान नै जीवन दान ’’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै महान दशवर्षे जनयुद्ध सफल बनाउने स्वर्गिय आमाको सन्तान पसिना बगेकाले आमाको सम्मान र सम्झना स्वरुप बृहत  रक्तदान गरिएको गरिएको संयोजक चौधरीले बताउनुुभयो । नेपाल रेडक्रस सोसाईटीको रक्त सञ्चार सेवा केन्द्र तुलसीपुरको प्राविधिक सहयोग रक्तदान कार्यक्रम गरिएको हो । 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १९:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको