Chauthoanga - Nepali News Media
दाङमा बस र ट्रिपर एक आपसमा ठोक्किदा १८ जना घाईते

दाङ- दाङमा बस र ट्रिपर एक आपसमा ठोक्किदा १८ जना घाईते भएका छन् । दुर्घटनामा परी दाङ राजपुर गा.पा. ७ लैबरूवा बस्ने बर्ष ५० की रिता बि.क.,भारत मध्ये प्रदेश शिवाजी नगर भुषाल बस्ने बर्ष २७ को शनि बिष्ट, दाङ तुलसीपुर उ.म.न.पा. १६ बस्ने बर्ष ४२ को हेम बहादुर बस्नेत, गढवा गा.पा. ४ बस्ने बर्ष ३१ को शम्भु चौधरी , रोल्पा रुन्टिगढी गा.पा. ६ बस्ने बर्ष ५२ को ईन्द्र सिंह घर्तीमगर घाईते हुनुभएको छ । 

त्यसैगरी  घोराही उ.म.न.पा. १४ बस्ने बर्ष २८ की जुन माया परियार की छोरी बर्ष ५ की एसिका परियार ,सोही ठाउँ बस्ने बर्ष १७ की खुसी परियार, घोराही उ.म.न.पा. १४ बस्ने बर्ष ४६ की रामकली बि.क.,घोराही उ.म.न.पा. ४ बस्ने बर्ष १९ की हिरा बुढामगर, तुलसीपुर उ.म.न.पा. १३ बस्ने बर्ष ७७ को बिजुली बहादुर घर्तीमगर, लमही न.पा. ९ बस्ने बर्ष ३० को ओवीराम कुमाल, घोरारी उ.म.न.पा. ७ बस्ने बर्ष ४६ की कल्पना थापा,दाङ राजपुर गा.पा. ७ बस्ने बर्ष ६७ की भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी बर्ष २१ को ज्ञानेन्द्र घर्तीमगर,दाङ राप्ती गा.पा. १ बस्ने बर्ष ३८ सागर बुढाथोकी, बर्दिया बाँसगढी न.पा. ४ बस्ने बर्ष ३३ को हिरालाल अधिकारी घाईते हुनुभएको छ ।

जिल्लाको घोराही लमहि सडक खण्डको बेलदमारमा ट्रिपर र बस एक आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घाईतेहरुलाई उद्धार पछि लमहि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । 

लमही बाट घोराही तर्फ आउदै गरेको रा. १ ख. २०१७ नं. को बालुवा बोकेको टिप्परमा घोराही बाट लमहि तर्फ जादै गरेको ग.१ख.९९७८ नं. को बस ब्रेक फेल भई टिप्परमा ठोकिएको थियो ।  प्रहरीले बस चालक जिल्ला दाङ लमही न.पा. ५ देउपुर बस्ने बर्ष २७ को स्मित डि.सीलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको