Chauthoanga - Nepali News Media
कुलोले बगाउँदा दाङमा एक महिलाको मृत्यु

दाङ :  कुलोले बगाउँदा दाङको तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को गौरीगाउँले कुलोले बगाउँदा तुलसीपुर- ६ गोलौरा गाउँकी ४७ वर्षीया सीता बस्नेत भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार कुलोको लाप्कोमा चिप्लीएर खसेको र कुलोले गाउँदा भण्डारीको मृत्यु भएको हो ।

ऋषिपञ्चमीको व्रत बसेकी सीता बिहीबार बेलुका करिब सात बजेतिर घरतर्फ जाँदै गर्दा गौरीगाउँले कुलोको लाप्कोबाट चिप्लिएर खसेको उहाँले बताउनुभयो । भण्डारीलाई बगेको ठाउँदेखि झन्डै एक किलोमिटर दक्षिणबाट उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको