Chauthoanga - Nepali News Media
मोटरसाइकलको ठक्करबाट ४ बर्षका बालकको मृत्यु

तुलसीपुर- दाङमा मोटरसाईकलको ठक्करबाट घाइते भएका ४ बर्षका बालकको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका—७ खैरेनी निबासी केशव डाँगीको ४ बर्षका छोरा स्मार्ट डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

हापुरेबाट तुलसीपुरतर्फ गइरहेको रा ७ प ३१३१ नम्बरको मोटरसाईकलले शुक्रबार ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


 

 

 

प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको