Chauthoanga - Nepali News Media
दाङको तुलसीपुरमा  नबजात सिशुको शब फेला

तुलसीपुर -दाङको तुलसीपुरको एक सामुदायिक वनमा सालनाल सहितको नवजात सिशुको शब फेला परेको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक वनमा सालनाल सहितको नब जात सिुशको शब फेला परेको हो ।

स्थानीय महिला दाउरा खोज्न जंगल गएको समयमा दिउँसो नबजात सिुश फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले अबैध सम्बन्धबाट बच्चा जन्मिएको हुँदा कसैले जन्मनसाथ वनमा लगेर बच्चा फालेको हुन सक्ने बताउनुभयो ।

करिब तीन चार दिन अगाडि कुनै आमाले जन्मिए लगतै वनमा लगेर बच्चा फालेको हुन सक्ने उहाँको भनाई छ । वनमा फेला बच्चा छोरा रहेको प्रहरीले जानकारी दिएको छ ।शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पतालको शब गृहमा लगेर राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको