Chauthoanga - Nepali News Media
राष्ट्रपति निर्वाचनपछि यही सत्ता समीकरण नरहन सक्छ : नेता सिंह

दाङ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त व्यक्त गर्नुभएको छ । 

आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पुरानो गठबन्धनबुतिनेनबुतिने यकिन भन्न नसकिए पनि यही समीकरण कायम नरहने सङ्केत देखिएको बताउनुभयो ।  

प्रतिपक्षमा रहने भए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले किन विश्वासको मत दिएको भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले यो प्रश्नको जवाफ राष्ट्रपतिको निर्वाचन पछि मात्र दिन सकिने बताउनुभयो । राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको साथ पाउने आशाले प्रचण्डलाई विश्वासको मत दिइएको उहाँको आसय थियो ।  

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको