Chauthoanga - Nepali News Media
दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
accident-durghatana-bike-mo.jpg

दाङको पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा हुँदा एक जनाको मुत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गमा लु ५ प ४९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लमही नगरपालिका–३ का ३० वर्षिय किसन चौधरीको मुत्यु भएको हो ।

उनको लमही अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिए । मंगलबार राती भालुबाङबाट लमही तर्फ आउने क्रममा लमही–१ स्थित नर्ती पुल नजिकै मोटरसाइकल दुर्घटनामा परेको हो ।

त्यस्तै मोटरसाइकलको पछाडी सवार कपिलवस्तु वुद्धभूमि नगरपालिका–८ का २८ वर्षीय विरेन्द्र यादव घाईते भएका छन् । उनको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको