Chauthoanga - Nepali News Media
स्थापना दिवसको अवसरमा कमिरेचौरमा सरसफाइ तथा अन्तरक्रिया सम्पन्न
nes.jpg

कमिरेचौरः " मानव कल्याणका लागि वतावरण संरक्षण गरौंभन्ने नाराका साथ मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङको ३२ औ स्थापना दिवसको अवसरमा आज दाङको बंगलाचुली गाउँपालिका कमिरेचौरमा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।मानव कल्याण तथा वातावरण संरक्षण मन्च केन्द्र दाङको आयोजना तथा बंगलाचुली गाउँपालिका र जिल्ला पौरवी मन्च दाङको समन्वयमा कार्यक्रम भएको थियो ।  मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुन सुवासको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा पौरवी मन्च दाङका संयोजक कृष्णा राना, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका पुर्व अध्यक्ष किरण कुमार रेग्मि र बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसिराम पुनले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले मानव कल्याण केन्द्र तथा वातावरण संरक्षण केन्द्रलाइ बंगलाचुली गाउँपलिकामा कार्यक्रम आयोजना गरेकोमा धन्यावाद दिनुभयो । साथै उहाँले संरक्षण केन्द्रले बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा गरेको कामको बारेमा प्रसंसा गर्नुभयो ।अध्यक्ष पुनले आगामि दिनमा बंगलाचुली गाउँपालिकाको विभिन्न ठाउँहरुमा खानेपानीको समस्या भएको उल्लेख गर्दै त्यसमा सहकार्य गर्न आग्रह गर्नुभयो ।यस्तै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले बंगलाचुलीमा आएर गरेको सरसफाइ कार्य सराहनसय भएको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै संरक्षण केन्द्रका पुर्व अध्यक्ष किरण कुमार रेग्मिले विगतमा बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा खानेपनी सम्बन्धी, वृक्षरोपणलगायतका कार्य गरेको बताउदै आगामि दिनमा पनि गाउँपालिकाको विभिन्न क्षेत्रमा समन्वय गर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतमले विगमा संरक्षण केन्द्रले आर्थिक समाजिक र वातावरणिय क्षेत्रमा शसक्त रुपमा का गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले वातावरण मानवीय जिवन सँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै वातावरण प्रदुषणको कारण विकराल समस्या आएकोले यसलाइ रोकथामको लागि सचेताको लागि बंगलाचुलीमा सरसफाइ अभियान लिएर आएको बताउनुभयो ।

संरक्षण केन्द्रको आयोजनामा र बंगलाचुली गाउँपालिका र पौरवी मन्च दाङको समन्वयमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को कमिरेचौरमा सरसफाइ कार्यक्रम गरेको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय कमिरेचौरका सहायक प्रहरी हवलदार लेखराज रोकाय लगायत स्थानियहरुको उपस्थित रहेको थियो । मानव कल्याण तथा संरक्षण केन्द्र दाङका इ डि प्रदिप मज्गौयाको विषय प्रवेश र उपाध्यक्ष लक्ष्मीमान चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव केपि घिमिरेले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको