Chauthoanga - Nepali News Media
समाज विकास सञ्जालको आयोजनामा सरसफाइ सम्बन्धि ३ आर र ५ आर तालिम सम्पन्न

कमिरेचौरः समाज विकास सञ्जालको आयोजना ,वाटर जस्टिस फन्डको आर्थिक सहयोग र सहकर्मि समाज नेपालको सहजिकरणमा दाङको बंगलाचुली गाउपालिका वडा नम्बर ३ र ४ का समूहका सदस्य तथा कर्मचारीहरुलाई फोहोर ब्यवस्थापनका लागि 3R र 5R तालिम सम्पन्न भएको छ ।

 

समाज विकास सञ्जालका अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा उक्त तालिम सञ्चालन भएको थियो ।तालिममा सहकर्मि समाजका प्रोग्राम म्यानेजर राजाराम गुप्ता, जेसि तथा सुचना अधिकृत सरिता शाहा  कार्यक्रम संयोजक वियंका साहीले सहजिकरण गर्नुभएको थियो । २ दिन सम्म चलेको तालिमको सञ्चालन तथा व्यवस्थापन समाज विकास सञ्जालका कार्यक्रम व्यवस्थापक बासुदेव भण्डारीले गर्नुभएको थियो ।

 

तालिम पश्चात् समाज विकास संजालको आयोजनामा फोहोर व्यवस्थापनका लागि सरसफाई अभियान संचालन भएको थियो । विभिन्न नारा र प्लेकार्ड बोकेर सहित कमिरेचौर बजार परिक्रमा गरेका गरी बजार सरसफाई गरेको छ । जसमा समुदायका महिलाहरु, बजारका ब्यापारीहरु, स्थानीय बुद्धिजीवीहरुको सहभागिता रहेको थियो । बंगलाचुली गाउँपालिकामा फोहोरमैला व्यवस्थापन गर्ने उद्येश्यका साथ यो कार्यक्रमको सुरुवात गरिएको समाज विकास सञ्जालका कार्यक्रम व्यवस्थापक वासुदेब भण्डारीले जानकारी दिनुभयो । साथै उहाँले अब फोहोरमैला व्यवस्थापन गाउँगाउँमा पनि सुरु हुने जानकारी दिनुभयो ।कार्यक्रममा सहभागिहरुले आफ्नो घरवरपर आफै सफा राखे समाज नै सफा हुने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको