Chauthoanga - Nepali News Media
दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्‍यु

दाङः दाङमा आज एकाबिहानै ट्रकको ठक्करबाट एक जनाको मृत्‍यु भएको छ। मर्निङवाकमा निस्किएका एक व्यक्तिलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु अ जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिक ठक्कर दिँदा सोही ठाउँ निवासी ५२ वर्षीय बलु गिरीको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ।
बिहानै मर्निङवाकमा निस्किएका गिरीलाई ५ः१५ मा ट्रकले ठक्कर दिएको थियो।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
 

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  ०८:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको