Chauthoanga - Nepali News Media
उद्योग बाणिज्य बंगलाचुली शाखाद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान

कमिरेचौर:उद्योग बाणिज्य संघ बंगलाचुली शाखाले बंगलाचुली गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको छ। उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको आयोजनामा आज कमिरेचौरमा एक कार्यक्रमको आयोजना गरि  नव निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

उद्योग बाणिज्य संघ बंगलाचुली शाखा अध्यक्ष रुक प्रसाद पुलामीको अध्यक्षता एवं उद्योग बाणज्य संघका सल्लाहाकार तथा समाजसेवी जित बहादुर वलीको प्रमुख आतिथ्य र बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन (सुवास) को विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

IMG_98221653919121.JPG

कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष, सम्पुर्ण वडाका नवनिर्वाचित वडा अध्यक्ष, वडा सदस्यहरु र कार्यपालिकाका सदस्यहरुको सहभागीता रहेको थियो  ।  संघले बंगलाचुलीका नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, आठ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुलाइ सम्मान तथा स्वागत गरेको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले जनताको माग अनुसार जनप्रतिनिधिहरुलाई काम गर्न शुझाव दिएका छन्। उनिहरुले जहाँ अभाव ,गरिवि छ त्यस ठाउँलाई प्राथमिकतामा राखेर विकासका काम गर्न सुझाव दिएका छन् ।कार्यक्रमको सहजिकरण उद्योग बाणिज्य संघ बंगलाचुली शाखा कोषाध्यक्ष केशव जि सि ले गर्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको