Chauthoanga - Nepali News Media
जन्मदिनको अवसरमा वाईसीएल अध्यक्षद्वारा शैक्षिक सामग्री वितरण

कमिरेचौरः वाईसीएल नेपाल बंगलाचुली गाउँपालिका अध्यक्ष तथा युवा नेता सुशील परियारले आफ्नो जन्मदिनको अवसरमा एक कार्यक्रमका बीच शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । परियारले श्री सरस्वती प्राथमिक विद्यालय बचेनिमा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।

परियार उक्त विद्यालयको विद्यालय व्यवस्थापन अध्यक्ष समेत रहनुभएको छ । विद्यालयमा अध्ययन गर्ने १ देखि ४ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बालबालिकाले अध्ययनलाई निरन्तरता दिने र आर्थिक अभावको कारण कोहि पनि अध्ययनबाट बन्चित नहुने भन्दै सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

विद्यालयका करिब ५० जनालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री अन्तर्गत विद्यार्थीलाई कापी कलम वितरण गरिएको छ । परियारले शुभकामना व्यक्त गर्नुहुने सम्पूर्णलाई धन्यवाद समेत दिनुभएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको